२०८३ जेष्ठ २९ शुक्रबार

मेची पुलबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

झापा । मेचीनगर- ६ स्थित पुरानो मेची पुल छेउबाट लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । लागू औषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टा संयुक्त टोलीले मंगलबार साँझ ७ बजेको समयमा भारतको पानीट्याङ्कीबाट सिटी सफारी चढेर आइरहेको अवस्थामा ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँपालिका- ५ तापेथोकका २५ वर्षीय विशाल लिम्बुलाई  ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

प्रहरीले शरीर चेकजाँच गर्दा झोलाको भित्रपट्टि कपडामा प्वाल बनाई  प्लास्टिकको पोका पारी ल्याएको २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो । उनलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जनाइएको छ ।

२०८१ बैशाख ४, मंगलवार प्रकाशित 1 Minute 358 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।