२०८३ जेष्ठ २१ बिहीबार

श्री पञ्चमुखी हनुमान मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने

काँकरभिट्टा । झापाको काँकरभिट्टा स्थित श्री पञ्चमुखी हनुमान मन्दिरमा भागवत सप्ताह हुने भएको छ ।हनुमान मन्दिरका संस्थापक राधेवेन्द्र पुरी बाबाका उत्तराधिकारी दीपक पुरीबाबाको स्मृति, विश्वशान्तिको कामनाका साथै पितृहरुको उद्धारको कामना सहित सप्ताह गरिने लागेको हो । श्री मञ्चमुखी हुनमान मन्दिर समिति सप्ताह पुराणको आयोजक रहेको छ भने मेची सामुदायिक सेवा केन्द्र सह आयोजकको रुपमा रहेको छ ।मन्दिरका अध्यक्ष आनन्द अग्रवाल (गुुड्डु)का अनुसार कथा वाचकको रुपमा पं नेत्रप्रसाद भट्टराई रहेकाछन् ।बैशाख ५गते(वुधबार)बाट सप्ताह आरम्भ हुने सह आयोजक संस्थाका अध्यक्ष मुक्ति पौडेले बताए ।

बैशाख ५ गते बिहान ८ बजे कलश यात्रा रहेकोछ भने १० बजे मण्डप पुजन लगायतका कार्यक्रम रहेको मन्दिरका अध्यक्ष अग्रवालले बताए ।अपरान्ह १२ः३० देखि ३ः३० सम्म कथा वाचन हुने उनले बताए ।साँझ ६ः३० देखि ८ः३० बजेसम्म भजनकिर्तन र झाँकी सहितका धार्मीक अनुष्ठान रहने अग्रवालले बताए ।बैशाख ११ सम्म संचालन हुने उक्त धार्मीक अनुष्ठानमा उपस्थित हुन उनले भक्तजनमा अनुरोध समेत गरेकाछन् ।

२०८१ बैशाख ४, मंगलवार प्रकाशित 0 Minutes 687 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।