२०८१ बैशाख १७ सोमबार

मिलनकुमारको गजलसंग्रह ‘एक थान जिन्दगी’ बिमोचन

धुलावारी । शिक्षण अभ्यास र साहित्य साधनामा दुई दशक भन्दाबढी समय खर्चिएका स्रष्टा मिलनकुमार ढुंगानाको गजलसंग्रह ‘एक थान जिन्दगी’ विमोचन भएको छ ।

धुलावारीमा शनिवार आयोजित समारोहकाबीच प्राध्यापक डाक्टर घनश्याम न्यौपानेले गजल संग्रहको विमोचन गरेका हुन् ।

अविच्छिन्न लेखकीय कर्ममा सक्रिय रहँदै आएका ढुंगानाले यसैसाता आफ्ना गजललाई पुस्तकको आकार दिएका थिए । पुस्तकमा १११ वटा गजल समेटिएका छन् ।

सांसक प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा गजल संग्रह विमोचन गरिएको हो । गजल संग्रहमा ४७ प्रकारका प्रचलित बहर छन् ।

कम प्रचलित कठिन बहरहरूलाई पनि पुस्तकमा समेटिएको लेखक ढुंगानाले बताए । गजल संग्रहमा विभिन्न मात्राका मीर बहरको प्रयोग पनि गरिएकोे छ ।

कितावको आवरणमा झापाली सर्जक पवन राजवंशीको कला प्रयोग भएको छ । किताव १३४ पृष्ठको छ, जसमा स्रष्टा सर्जकहरुले ढुंगानाको लेखकीय क्षमता र त्यसले सिर्जना गर्ने तरंगसहित शुभकामना व्यक्त गरेका छन् ।

प्राध्यापक डाक्टर न्यौपानेले कितावमा मुख्य भूमिका लेखेका छन् । साहित्यकारहरु कृष्ण धरावासी, चुडामणि रेग्मी, गजल लेखन तथा गायन क्षमताका धनी चर्चित व्यक्तित्व बुँद राना र आवाज शर्माको शुभकामना कितावमा छापिएको छ ।

नेपाली साहित्यिक क्षेत्रमा नयाँ आयाम थप्ने गरी गजलको गर्भबाट आएको ढुंगानाको कितावले लेखन अभ्यासमा रहेका युवा पुस्तालाई थप प्रेरणा र हौसला दिने अपेक्षा गरिएको छ । निरन्तरको मेहनत र सिर्जनाको प्रतिफलस्वरुप पुस्तक तयार भएको लेखक ढुंगानाले बताएका छन् ।

कार्यक्रममा साहित्यकार देवी पन्थी, प्रदेशसभा सदस्य गाेपाल तामाङ, मेचीनगर उपप्रमुख मीना उप्रेतीलगायतकाे आतिथ्य रहेकाे छ ।

प्रतिष्ठानका उपाध्यक्ष शिराे सान्दाईले कार्यक्रममा स्वागत गरेका छन् । कार्यक्रममा साहित्यकार केशव आचार्यले गजलकार ढुङ्गानाकाे परिचय दिएका छन् ।

साहित्यकारहरु हरिप्रसाद पाैडेल दाङ र सुमित्रा पाेखरेल उदयपुरले गजल संग्रहकाे समीक्षा गरेका छन् ।

२०७९ माघ ७, शनिबार प्रकाशित 0 Minutes 252 Views

ताजा समाचार