२०८३ जेष्ठ २९ शुक्रबार

दुर्गापुर–सुखानी सडकको दहिझोडा जङ्गलमा ट्रक पल्टिदा चालक घाइते

झापा । दुर्गापुर–सुखानी सडकको दहिझोडा जङ्गलमा ट्रक पल्टिएको छ । दुर्घटनामा परी ट्रक चालक घाइते भएका छन् ।

झापा दुर्गापुरबाट इलाम जीतपुर गोलिया लिन हिँडेको प्र–१–०१–००१ख ३९९९ नम्बरको ट्रक टायर पड्किएर सडक भन्दा २० फुट तल खोल्सीमा पल्टिदा गाडी धनीसमेत रहेका बिर्तामोड निवासी २५ वर्षीय रोजन गुरुङ घाइते भएको सहचालक सौरव दियालीले जानकारी दिए । गुरुङको हातको कुइनोमा समस्या भएपछि उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको जनाइएको छ ।

२०८० चैत्र ३०, शुक्रबार प्रकाशित 0 Minutes 299 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।