२०८३ जेष्ठ २१ बिहीबार

शर्माको प्रधानमन्त्रीसँग आग्रह: रास्वपाले भने अनुसारकै उच्चस्तरीय छानबिन समिति बनाऔं

२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को माग अनुसार नै उच्चस्तरीय छानबिन समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् ।

२०४७ यता सार्वजनिक पद धारणा गर्नेको सम्पत्तिउपर ‘उच्चस्तरीय छानबिन समिति’को माग विगतदेखि गर्दै आएको उनले सामाजिक सञ्जाल ट्वीटर (एक्स) मा लेखेका छन् ।

‘रास्वपाले अहिले जे अघि सारेको छ, यो उपयुक्त छ । गठन गरौं,’ महामन्त्री शर्मा भन्छन्, ‘सहकारी ठगीबारे पनि संसदीय छानबिन समिति गठन गरौं ।’

गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको विषय उठाउँदै उनीमाथि संसदीय छानबिन समितिको माग कांग्रेसले गर्दै आएको छ ।

कांग्रेस संसदीय छानबिन समितिको मागको अडानबाट पछि नहटेपछि रास्वपाले काउन्टर माग अघि सारेको छ । २०४७ सालपछि सरकारी उच्च ओहोदामा रहेका सबैको उच्चस्तरीय छानबिन गर्ने माग रास्वपाको छ । अनलाइन खबरबाट

२०८० चैत्र २७, मंगलवार प्रकाशित 0 Minutes 367 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।