२०८३ जेष्ठ २१ बिहीबार

मौन स्नान गरी मनाइयो सोमबारे औँसी

औँसी तिथि र सोमबार एकै दिन परेको दिनलाई सनातन धर्मावलम्बीमा सोमबारे औँसीका रूपमा मनाइन्छ। यस्तो संयोग परेको दिनलाई मौनी औसी पनि भनिन्छ। यो संयोगका दिन बिहान सबेरै उठेर नबोली नुहाउनुपर्ने मान्यता छ। वैदिक परम्परामा औँसीलाई पितृको पर्व मानिन्छ। यो दिन तर्पण, श्राद्ध गर्ने वा पितृका नाममा दान गर्ने विधान छ।

पुराणमा भगवान् शिव वा विष्णुको आराधना गर्ने, दान गर्नेलगायत कर्म गर्नुपर्ने बताइएको छ। यो दिन तुलसी वा पिपलको पूजा गर्ने र प्रदक्षिणा गर्ने विधान छ। सोमबार औँसी तिथि ४६ घडी ३५ पला अर्थात् मध्यराति १२ बजेर २७मिनेटसम्म रहने र त्यसपछि चैत्रशुक्ल प्रतिपदा आरम्भ हुने पञ्चाङ्गमा उल्लेख छ।

२०८० चैत्र २६, सोमबार प्रकाशित 0 Minutes 375 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।