२०८३ जेष्ठ २९ शुक्रबार

क्लासिक कथा : ‘त्यो फेरि फर्कला’ चैत २३ गतेबाट रङ्गमञ्चमा

काँकरभिट्टा ।  रङ्गमञ्चमार्फत समाज रुपान्तरणमा क्रियाशिल संस्था परिवर्तन थिएटरले एक भिन्न कथा वस्तुलाई रङ्गमञ्चमा उतार्ने भएको छ । भवानी भिक्षुद्वारा लेखिएको ‘त्यो फेरि फर्कला’ कथा वस्तुलाई थिएटरले रङ्गमञ्चमा उतार्ने भएको हो ।

यौन मनोविज्ञानमा आधारित यस कथा कक्षा ११ को नेपाली पाठ्याक्रममा समावेश छ । एक यात्री र पठाडी ग्रामिण भेगमा वसोवास गर्ने सानीबिचको अनेकन तर्कना, मनोभाव, कल्पना लगायतलाई समेटेर लेखिएको यस कथा थिएटरले ठुलो जोखिम मोलेर रङ्गमञ्चमा उतार्न लागेको नाटककी निर्देशक कविता नेपालले बताइन् ।
‘एउटा कथालाई नाटककमा रुपान्तरण गर्नु कम चुनौतीको विषय थिएन । कथामा यात्री र सानीबिच थोरै मात्रामा संवाद छन्, अधिकांश मनोभाव समेटिएको छ,’ निर्देशक नेपाल भन्छिन्, ‘ती मनोभावलाई पनि संवादलाई रुपान्तरण गरेर रङ्गमञ्चमा उतार्नु अर्को चुनौतीको विषय थियो ।’

मलाया एक्सप्रेस, रेमिट्ल्याण्ड जस्ता कथा वस्तुलाई नाटकमार्फत रङ्गमञ्चमा उतारीसकेको परिवर्तन थिएटरले मनोभावनामा लेखिएको कथा ‘त्यो फेरि फर्कला’ लाई मञ्चन गर्न लागेको थिएटरका कार्यवाहक अध्यक्ष लोमश पौडेलले बताए ।

उनका अनुसार नाटक यही चैत २३ गतेदेखि २७ गतेसम्म दिनको दुई पटक (दिउँसो २ बजे र साँझ ५ बजे) मेची सामुदायिक भवन काँकरभिट्टामा मञ्चन हुनेछ ।

विद्यार्थीहरुलाई लक्षित गरि तयार पारिएको यस नाटकले आम मान्छेहरुको कथा बोल्ने भएकाले सबैलाई नाटक हेरिदिन समेत उनले आग्रह गरे ।

नाटककी निर्देशक नेपालका अनुसार यस कथा वस्तु हेटौँडाको चित्लाङ भेगमा आधारित रहेर लेखिएको छ । तर, निर्देशकले भने उक्त कथालाई पूर्वी नेपालसँग जोड्ने प्रयास गरेकी छिन् ।

‘कथामा तामाङ भाषाको संवाद छ । हामीले पूर्वी नेपालको लिम्बु भाषालाई संवादमा जोडेका छौँ,’ उनी भन्छिन् ‘नाटकको सेट डिजाइनमा पनि धेरै मिहेनत भएको छ । सबै कलाकारहरुको अथक प्रयास रहेकाले नाटक फरक अनि राम्रो छ ।’

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानसँगको सहकार्यमा रङ्गमञ्चमा उतार्न लागिएको यस नाटकमा आठ जना कलाकार मञ्चमा देखिनेछन् ।

२०८० चैत्र २१, बुधबार प्रकाशित 1 Minute 344 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।