२०८३ जेष्ठ २८ बिहीबार

फेसबुकमा अलबिदा लेखेर कचनकवलका राजवंशीले गरे मलेसियामा आत्महत्या

झापा । वैदेशिक रोजगारीका लागि मलेसिया गएका झापा कचनकवल गाउँपालिका- ६ बनियानीका ४१ वर्षीय लखन राजवंशीले झुन्डिएर आत्महत्या गरेका छन् ।

मलेसियाको जोहोर राज्यमा पर्ने गेलाङ पटाह ,जोहोरबारु भन्ने ठाउँमा अवस्थित पीटीपी (Port of Tanjung Pelepas ) कम्पनीमा कार्यरत राजवंशीले शनिवार कोठामै झुन्डिएर आत्महत्या गरेको उनीसँगै काम गर्ने एक नेपाली कामदारले आफन्तलाई जानकारी दिएका छन् ।

परिवारका अनुसार आत्महत्या गरेका राजवंशी मलेसिया रोजगारीमा गएको झन्डै ७ वर्ष भएको थियो। उनका श्रीमती र १० वर्षीय छोरा रहेका छन्।घरपरिवारमा निरन्तर सम्पर्कमै रहेका राजवंशीले फेसबुक स्ट्याटसमा अलबिदा लेखेर आत्महत्या गरेको जनाइएको छ । उनको शव नेपाल ल्याउन पहल भइरहेको परिवारले जनाएको छ ।

२०८० चैत्र १९, सोमबार प्रकाशित 1 Minute 400 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।