२०८३ जेष्ठ २८ बिहीबार

खोटाङको ट्याक्टर दुर्घटना, झापाका लिम्बूको मृत्यु

खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा भएको ट्याक्टर दुर्घटनामा झापा बुद्धशान्ति गाउँपालिका–४ शान्तिनगरका २८ वर्षीय अमृत लिम्बूको मृत्यु भएको छ ।

बराहपोखरीको भिरगाउँस्थित रुम्दुबाट रसुवाघाटतर्फ खयरको काठ लिएर गइरहेको मे १ त ८५९७ नम्बरको ट्याक्टर हिजो साँझ साढे पाँच बजे दुर्घटना हुँदा चालक लिम्बूको मृत्यु भएको हो ।ट्याक्टर सडकभन्दा करिब सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

लिम्बूको शव सडकदेखि करिब पाँच सय मिटर तल भिरमा फेला परेको प्रहरीले जनाएको छ । ट्याक्टरमा सवार बराहपोखरीका २४ वर्षीय मुकेश मगर घाइते भएका छन् । उनको टाउको र शरीरका विभिन्न ठाउँमा चोट लागेको छ ।

२०८० चैत्र १८, आईतवार प्रकाशित 0 Minutes 277 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।