२०८३ जेष्ठ २८ बिहीबार

झापामा जङ्गली हात्तीको आतङ्क : फेरि एक महिलाको ज्यान गयो

झापा  । झापामा फेरि जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका-५ स्थित बाह्रकोठे निवासी ५८ वर्षीया खड्ग माया लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए।

एक्लै बस्दै आएकी अविवाहित माया छिमेकी पवित्रा बेघाको घरमा त्रिपालको छाना टाटीको बेरा भएको भुइँतले झुप्री कोठामा सुतिरहेको अवस्थामा शुक्रबार मध्यराती ११:५०मा एउटा हात्ती आएको थियो। हात्ती देखेपछि माया भाग्न खोजिन्। तर, हात्तीले मायालाई लखेट्दै आक्रमण गरेको थिए।

हात्तीले सुँडले मायालाई घिसारी दाहिने खुट्टाको घुँडादेखि मुनि चुटाई छेद विच्छेद गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक गिरीले बताए। तीन दिनअघि मात्र जिल्लामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो। शिवसताक्षी नगरपालिका-११ दुधेस्थित रतुवामाई वृक्षारोपण आयोजनामा चैत १४ गते साँझ दाउरा लिन गएका शिवसताक्षी-११ का ६० वर्षीया पवित्रा भेटवालको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको थियो।

२०८० चैत्र १७, शनिबार प्रकाशित 1 Minute 307 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।