२०८३ जेष्ठ २८ बिहीबार

बिर्तामोडमा छुरा प्रहारबाट एक युवक घाइते, पाँच जना पक्राउ

झापा । झापाको बिर्तामोडमा छुरा प्रहारबाट एक युवक घाइते भएका छन् । युवकमाथि छुरा प्रहार गर्ने पाँच जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका- १ स्थित पश्चिम बस पार्कमा सोही ठाउँका २३ वर्षीय सुनिराम मुर्मुमाथि छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।

सुनिराममाथि छुरा प्रहार गर्ने  बिर्तामोड- १ का २३ वर्षीय राम टुडु, सोही ठाउँका २९ वर्षीय सुसान मुर्मु,  बिर्तामोड- ६ का १९ वर्षीया एलिना श्रेष्ठ,  अर्जुनधारा- ११ का ३० वर्षीय सरोज सहनी र कनकाई- १ का २३ को मनोज विकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गिरीले बताए । उनीहरुबीच मंगलबार राती ८ बजेर २० मिनेटमा झगडा भएको थियो ।

सोही क्रममा छुरा प्रहारबाट सुनिरामको बायाँ हातको कुममा र ढाडको माथिपट्टि गर्दनको भागमा चोट लागेको छ । उनको बिर्तामोडस्थित स्पाइनेक्स अस्पताल उपचार भइरहेको छ । घटनाको बारेमा इलाका प्रहरी कार्यालय अनारमनिले अनुसन्धान गरिरहेको छ ।

२०८० चैत्र १४, बुधबार प्रकाशित 1 Minute 312 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।