२०८३ जेष्ठ २८ बिहीबार

भारतको गोवा पुगेकी मेयरकी छोरी आरती बेपत्ता

धनगढी उप–महानगरपालिकाका मेयर गोपाल हमालकी छोरी बेपत्ता भएकी छन्।  हमालकी जेठी छोरी आरती भारतको गोवास्थित जोरबा वाईब आस्बिन ब्रीजबाट हिजोदेखि सम्पर्कविहीन भएकी हुन्। ओशो साधकसमेत रहेकी आरती ओशो ध्यान गर्न केही समयदेखि भारतको गोवामा बस्दै आएकी थिइन्।

मेयर हमालले आफ्नी जेठी छोरी सम्पर्कविहीन भएको खबर केही समय अघि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। जेठी छोरीको खोजी गर्न हमालकी कान्छी छोरी र ज्वाई गोवा पुगेका बताउँदै उनले छोरीका बारे कुनै जानकारी भए खबर गराइदिन अनुरोधसमेत गरेका छन्।

२०८० चैत्र १३, मंगलवार प्रकाशित 0 Minutes 289 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।