ताप्लेजुङ । ताप्लेजुङमा ढुङ्गाले किचेर एक जनाको मृत्यु भएको छ ।
फुङलिङ नगरपालिका- ३ का ५९ वर्षीय रामचन्द्र गुरुङको मृत्यु भएको हो । सोमबार दिउँसो ३ बजे सोही स्थानमा रहेको इन्द्रेणी कबर्ड हल नजिकै ढुङ्गा फुटाएर उनी खाजा खान बसेका थिए ।

बसेकै ठाउँमा माथि झरेको ढुङ्गाले किचेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



