२०८३ जेष्ठ २८ बिहीबार

सुनकोशीमा बेपत्तामध्ये १ बालकको शव भेटियो

१३ चैत, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ स्थित धाप्लाङमा आइतबार होली मनाएर पौडी खेल्न गएका ३ बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका थिए ।

बेपत्ता भएका ३ मध्ये मंगलबार १ जनाको शव फेला परेको छ । धाप्लाङ घाटभन्दा करिब १ किलोमिटर तल ९ वर्षीय रिदम मगरको शव फेला परेको सशस्त्र प्रहरीको बराह बाहिनीका डीआईजी अन्जनीकुमार पोखरेलले बताए ।

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । बेपत्ता २ बालबालिकालाई सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीयबासीलगायतले खोजी गरिरहेका छन् ।

२०८० चैत्र १३, मंगलवार प्रकाशित 0 Minutes 267 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।