२०८३ जेष्ठ २८ बिहीबार

झापामा होलीकै दिन कनकाई नहरमा डुबेर एक बालकको मृत्यु

झापा । झापामा होलीको दिन नहरमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका- ११ स्थित सृष्टि टोल बस्ने रमेश प्रधानका १४ वर्षीय छोरा  रविन प्रधान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोमबार दिउँसो साढे २ बजेको समयमा रविन कनकाई सिँचाइ आयोजनाको नहरमा नुहाउने गएका थिए । सोही क्रममा उनको डुबेर मृत्यु भएको स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

२०८० चैत्र १३, मंगलवार प्रकाशित 1 Minute 288 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।