२०८३ जेष्ठ २८ बिहीबार

झापा घर भएका तीनसहित २३ प्रहरीका सम्पर्कविहीन

झापा घर भएका तीनसहित नेपाल प्रहरीका २३ जना विभिन्न पदका प्रहरी फरार रहेका छन् ।  नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले मंगलबार सूचना जारी गरी आफूखुशी गैरहाजिर रहेका र खोजी गर्दा समेत सम्पर्कमा नआएका २३ जनालाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो।

लामो समयसम्म गैरहाजिर हुनेमा प्रहरी कार्यालय सहायकदेखि सहायक निरीक्षकसम्मका कर्मचारी छन्। सात दिनभित्र हाजिर नभए उनीहरूलाई सेवाबाट हटाउने चेतावनी नेपाल प्रहरीले दिएको छ ।

२०८० चैत्र १३, मंगलवार प्रकाशित 0 Minutes 290 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।