२०८३ जेष्ठ २८ बिहीबार

सुनकोशीमा पौडी खेल्न गएका ३ बालबालिका बेपत्ता

११ चैत, सुनकोशी । होली मनाएर सुनकोशी नदीमा पौडी खेल्न गएका ३ जना बालबालिका बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा त्रियुगा नगरपालिका–१४ का ८ वर्षीय चोकलचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी रमेश थापाले जानकारी दिए ।

उनीहरू त्रियुगा नगरपालिका–१४ धाप्लाङ भन्ने ठाउँबाट बेपत्ता भएका हुन् । होली खेलेपछि पौडी खेल्न भन्दै उनीहरू सुनकोशी नदीमा पुगेका थिए ।

बेपत्ताहरूको खोजी सुरु गरिएको एसपी थापाले बताए । अहिले सशस्त्र प्रहरीको टोलीसमेत परिचालन गरिएको छ ।

उनीहरूसँगै गएका अन्य ४ बालबालिका भने घर फर्किसकेका छन् ।

२०८० चैत्र ११, आईतवार प्रकाशित 0 Minutes 236 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।