हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
अहिले कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि मुख्यतया सफा रहेको छ ।

आज कोशी, मधेश, बागमती र गण्डकीलगायत पहाडी भू-भागमा बदली रहनेछ । कोशी, बागमती, गण्डकीलगायत पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपात हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै सोमबार कोशी, मधेश, बागमती र गण्डकीलगायत पहाडी भू-भागमा बदली रही कोशी, मधेश, बागमती र गण्डकीलगायत पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
त्यस्तै मंगलबार पहाडी भू-भागमा बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



