पहिलो, धेरैले सोखका लागि लामो समयदेखि नवीकरण गर्दै हतियार राख्ने गरेका छन् । उनीहरुले बाबु–बाजेको पालादेखि नै हतियार राखेर मृत्युपछि परिवारका अन्य सदस्यले नामसारी गर्दै आएको विवरण रहेको मन्त्रालयका एक अधिकृत बताउँछन् ।
दोस्रो, शिकारमा रुचि भएका व्यक्तिहरुले हतियारको लाइसेन्स लिएका छन् । ढोरपाटन शिकार आरक्ष शिकार प्रयोजनका लागि खुला गरिएपछि उनीहरुले निजीरुपमा हतियार राख्न इजाजत लिएका थिए ।
तेस्रो, व्यवसायी र विभिन्न आवरणमा गुण्डागर्दीमा संलग्न व्यक्तिले लाइसेन्स प्राप्त हतियार लिएका छन् । उनीहरुले त्यस्ता हतियारको चरम दुरुपयोग गर्ने गरेको जानकारहरु बताउँछन् ।
‘प्रसाईंजीको हकमा सुरक्षा चुनौती पनि होला तर जथाभावी लिएर हिँड्नु त भएन’, एक अधिकृत भन्छन्, ‘चुनौती हुँदा प्रशासनलाई खबर गरेर राज्यको सुरक्षा माग गर्ने ठाउँ नभएको होइन ।’अनलाइन खबरबाट



हाल नेपालमा सुरक्षा चुनौतीको विश्लेषणका आधारमा जिल्ला सुरक्षा समितिको सिफारिसमा व्यक्तिले हतियार राख्न पाउने व्यवस्था छ । लाइसेन्स लिनेहरुमा तीन किसिमका मानिसहरु देखिने मन्त्रालयका एक अधिकृत बताउँछन् ।
