२०८३ जेष्ठ २१ बिहीबार

अदालतले भन्यो : महरा बिरामी छन्, अस्पताल लैजानू

५ चैत, काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले हिरासतको अवधि अस्पतालमा बस्न पाउने भएका छन् ।

सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेर उनलाई हिरासतमा राख्न अनुमति माग गर्दै अदालत पेश गरेको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिँदै स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश दिएको छ ।

सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले अदालतले अस्पताल भर्ना गर्न आदेश दिएको तर कुन अस्पताल राख्ने भन्ने टुंगो भइनसकेको बताए । अनलाइन खबर

२०८० चैत्र ५, सोमबार प्रकाशित 0 Minutes 337 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।