२०८३ जेष्ठ २१ बिहीबार

ठगी गर्नका लागि पैसा तिरेर आफ्ना दुवै खुट्टा काट्न लगाएपछि…

काठमाडौं । मिसौरीको होवेल काउन्टी शेरिफको कार्यालयमा भर्खरै एउटा अनौठो केस प्रकाशमा आयो। यो घटनाले प्रहरीलाई समेत चकित पारेको छ ।

गत नोभेम्बरमा विलो स्प्रिंग्सका एक ६० वर्षीय व्यक्तिले ब्रश हग (ट्र्याक्टर) दुर्घटना पछि आफ्ना दुवै खुट्टा गुमाएका थिए। ब्रस हग भनेको रोटरी घास काट्ने यन्त्र हो जुन सामान्यतया ट्र्याक्टरमा जोडिएको हुन्छ । उनले आफ्ना दुबै खुट्टा मेसिनले काटेको दाबी गरे ।

तर, उनको दाबीमा केही गडबड थियो त्यसैले पुलिसलाई शंका लाग्यो। घाउहरू यति सफा थिए कि तिनीहरू ब्रश हगको कारणले भएको जस्तो देखिएन। र दोस्रो, उनलाई पहिले नै पक्षाघात भएको थियो त्यसैले उनी कसरी ट्र्याक्टरमा पुगे भन्ने प्रश्न थियो ।

होवेल काउन्टी शेरिफको कार्यालयका लेफ्टिनेन्ट टोरी थम्पसनले स्प्रिंगफिल्ड न्यूज रिडरलाई भने, “जङ्गली जनावरले गरेको भए पनि घाउ फरक देखिने थियो। मैले यस प्रकारका ट्र्याक्टर दुर्घटनाहरू पहिले देखेको छु। यो त्यस्तो थिएन ।”

दुर्घटनास्थलमा बोलाइएका अफिसर र मेडिकल कर्मीहरू पनि उनको खुट्टाको स्टम्पमा टर्निकेटहरू देखेर धेरै छक्क परे र दुर्घटना पछि तुरुन्तै कसले लगाइदियो भनेर आश्चर्यचकित भए।

अनुसन्धान अघि बढ्दै जाँदा, घाइते व्यक्तिको कथामा थप गडबडीहरू देखा पर्‍यो। अन्ततः पुलिसले पत्ता लगायो कि फ्लोरिडाका एक व्यक्तिले पीडितकहाँ बञ्चरो लिएर गएको थियो र कथित रूपमा पैसा लिएर उनको खुट्टा काटेको थियो।

अब प्रश्न उठ्छ ती व्यक्तिले आफ्नो खुट्टा काट्न पैसा किन तिरे ? खासमा ती व्यक्तिले बीमा ठगी गर्न आफ्नो खुट्टा काटेका थिए। उनलाई पक्षाघात भएको थियो र उनका खुट्टाहरू पहिले नै काम नलाग्ने भइसकेका थिए । त्यसैले उनले योजनाबद्ध रूपमा तिनीहरूलाई काट्ने निर्णय गरे। तर, बीमा कम्पनीसँग ठगी गर्नुअघि नै उनी पक्राउ परेका थिए ।

२०८० चैत्र ५, सोमबार प्रकाशित 0 Minutes 384 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।