सिन्धुली । अज्ञात समूहले सिन्धुलीको सुनकोशी गाउँपालिका–१ को दुम्जाडाँडाको बीपी पार्कमा टेलिकम टावरलाई लक्षित गरप् शुक्रबार बिहान कुकर वम विस्फोट गराएका छन् ।
विस्फोटबाट बीपी पार्कभित्र रहेको टेलिकम टावरको भवनमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । विस्फोटको आवाज आएको जानकारी प्राप्त हुनासाथ कुशेश्वर दुम्जा चौकीबाट प्रहरी पुगेका थिए ।

सिन्धुली प्रहरीका प्रवक्ता एवं डीएसपी चिरञ्जीवी दाहालका अनुसार टेलिकम टावरको भवनको झ्यालमा कुकर वम विस्फोट भएको थियो । कुकरको बिर्को र पेट्रोलको गन्ध आउने दुई वटा बोतल प्रहरीले बरामद गरेको छ । विस्फोट भएको स्थानमा जनमुक्ति सेना नामको पर्चासमेत भेटिएको र विस्फोटमा संलग्नको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । इकान्तिपुरबाट
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



