२०८३ जेष्ठ २८ बिहीबार

मेचीनगरको भगवती प्लाइउड उद्योगमा लागेको आगलागी ८० प्रतिशत नियन्त्रणमा

मेचीनगर । मेचीनगर-१५, ज्यामिरगढीको लालझोडा टोल विकासमा सञ्चालित भगवती लेमिनेट्स उद्योगमा सोमबार बिहानदेखि भएको आगलागी ८० प्रतिशत नियन्त्रणमा आएको छ ।

उद्योगमा आगलागी हुँदा स्थानीयको सहयोग र भारतको नक्सबाडीबाट आएको दमकलसहित १० वटा दमकलको प्रयासमा आगो नियन्त्रण आउँदा गाउँमा फैलिने त्रासबाट मुक्त भएको छ ।

उद्योगमा विद्युत सर्किट सर्ट भएर सल्किएको आगोले थुपारेर राखिएको कचेडा पत्ता र काठका मुढाहरु जलेर नष्ट हुँदा करोडौको क्षति पुगेको अनुमान गरिएको छ भने प्राविधिक कारणले क्षतिको पुणर्बिवरण नआएको ब्यवस्थापक बिष्णु माघोगरियाले जानकारी दिए ।

२०८० फाल्गुन २९, मंगलवार प्रकाशित 1 Minute 324 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।