२०८३ जेष्ठ २८ बिहीबार

उदयपुरमा बसले मोटरसाइकललाई ठक्कर इलामका एक युवकको मृत्यु

उदयपुरमा बसले मोटरसाइकललाई ठक्कर इलामका एक युवकको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग गाईघाट–कटारी सडक खण्ड अन्तर्गत त्रियुगा नगरपालिका- ७ कालिखोला होक्सेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा इलामको सूर्योदय नगरपालिकाका २४ वर्षीय प्रतीक राईको मृत्यु भएको हो ।

कटारीबाट गाईघाट जाँदै गरेको यात्रुवाहक बसले विपरीत दिशामा रहेको झापाली राईडर लेखिएको प्रदेश १–०१–०१६प ४६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

२०८० फाल्गुन २८, सोमबार प्रकाशित 1 Minute 306 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।