२०८३ जेष्ठ २१ बिहीबार

मेचीनगरमा अवैध रुपमा ढुङ्गा उत्खनन् गर्ने दुई ट्रयाक्टरसहित चालक पक्राउ

मेचीनगर । निन्दा खोलामा अवैध रुपमा ढुङ्गा उत्खनन् गर्ने दुई ट्रयाक्टरसहित चालक पक्राउ परेका छन् । मंगलबार  प्रहरी चौकी तिरिङ खोलाबाट खटिएको प्रहरी टोलीले जिल्ला मेचीनगर नगरपालिका वडा नं-२ स्थित निन्दा खोलाको सिरान (चुरे क्षेत्र) मा अबैध रुपमा ढुङ्गा उत्खनन् गरिरहेको फेला पारी ज २ त ९५३ न.को ट्रयाक्टर र सोको चालक सोही ठाउँ बस्ने २५ वर्षिय सुवास लिम्बूलाई नियन्त्रणमा लिएको छ । उनलाई आवश्यक कार्बाहीको लागि मेचीनगर नगरपालिकाको कार्यालयमा बुझाइएको छ ।

बुधबार बिहान  प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं-३ मा अबैध रुपमा ढुङ्गा ओसार–पसार गरिरहेको फेला पारी प्र.१–०१–००१ त ९२१९ नम्बरको ट्रयाक्टर र  चालक सोही ठाउँ बस्ने २२ वर्षिय मौसम भुजेललाई नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागि मेचीनगर नगरपालिकाको कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२०७९ माघ ४, बुधबार प्रकाशित 1 Minute 985 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।