२०८३ जेष्ठ २८ बिहीबार

काँकरभिट्टामा लागु औषधसहित तीन जना पक्राउ

काँकरभिट्टा । मेचीनगरस्थित काँकरभिट्टाबाट लागु औषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार साँझ साढे ७ बजेको समयमा उनीहरूलाई खैरो हिरोइनजस्तो देखिने पदार्थसहित काँकडभिट्टाको दार्जिलिङ होटेलअगाडि पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय र लागु औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले अर्जुनधारा १० कालिस्थान घर भई मेचीनगरस्थित सुनगाभा टोलमा डेरा गरी बस्ने २६ वर्षीय प्रकाश पौडेल, २२ वर्षीय पूजन तामाङ र काठमाडौँ १६ ढुंगेअड्डा बस्ने ३० वर्षीय ईश्वर आधिकारीलाई पक्राउ गरेको छ ।  प्रहरीले पूजनको साथबाट ४७ ग्राम खैरो हेरोइन बरामद गरेको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

२०८० फाल्गुन १७, बिहीबार प्रकाशित 0 Minutes 424 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।