२०८२ बैशाख २७ शनिबार

पहाडी र हिमाली भेगका एक–दुई ठाउँमा हिमपातको सम्भावना

काठमाडौं । आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसममा सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहीवार र शुक्रवार पनि मौसममा आंशिक बदली जारी रहने र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुने महाशाखाले जनाएको छ । अनलाइन खबर

२०८० फाल्गुन १६, बुधबार प्रकाशित 0 Minutes 145 Views

ताजा समाचार