२०८३ जेष्ठ २१ बिहीबार

पेट्रोलियम पदार्थको मूल्य यथावत्

काठमाडौँ । ईण्डियन आयल कर्पोरेशन लिमिटेडबाट माघ २ प्राप्त नयाँ खरिद मूल्यसूची बमोजिम पेट्रोलमा केही बढेर र डिजेल तथा हवाई इन्धनमा केही घटेर आएको भएतापनि नेपाल आयल निगमले हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः घटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख र ईण्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता तथा नेपाल सरकारद्वारा उपलब्ध गराईएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौतिपूर्ण अवस्था रहेको बताउँदै निगमले मूल्य समायोजन नगरेको हो ।

हाल निगमलाई एलपी ग्यासमा प्रति सिलिण्डर ३५९.५० रुपैयाँ घाटा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि निगम सञ्चित नोक्सानीमा सञ्चालन हुँदै आइरहेको निगमको भनाई छ । निगमले इन्डियन आयल कर्पोरेशन लिमिटेडलाई हालसम्म भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता एवं नेपाल सरकारलाई तिर्नुपर्ने ऋण समेत गरी अझै पनि करिब रु. १७ अर्ब ३० करोड तिर्न बाँकी रहेको अवस्थामा समेत निगमले पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीलाई व्यवस्थित गर्दै आइरहेको जनाएको छ ।

२०७९ माघ ३, मंगलवार प्रकाशित 0 Minutes 477 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।