२०८३ जेष्ठ २९ शुक्रबार

माओवादी नेता गगन पुरीले दिए राजीनामा

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश कमिटीका कोषाध्यक्ष गगन पुरीले पदबाट राजीनामा दिएका छन् ।

झापाको बालुवाटार जग्गा प्रकरणमा अख्तियारले अभियुक्त बनाएपछि उनले पार्टीको पदीय जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

झापाको दमक नगरपालिका वडा नं. १३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभानको उत्तरतर्फका सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा नापी र मालपोतका कर्मचारी, जग्गाधनी र बिचौलियालाई मुद्दा दायर गरेको थियो ।

२८ माघमा विशेष अदालतले पुरीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो । अनलाइन खबर

 

२०८० फाल्गुन १५, मंगलवार प्रकाशित 1 Minute 330 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।