२०८३ जेष्ठ २९ शुक्रबार

अर्जुनधारामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

अर्जुनधारा । अर्जुनधारामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-९ कालीस्थानका ५५ वर्षीय खेम बराल रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

प्रहरीका अनुसार शनिबार राती करिब ८ बजे अर्जुनधारा-९ चिया बगानस्थित भित्री सडकमा शनिश्चरेबाट कालीस्थानतर्फ जाँदै गरेको प्र-१-०१-०१५ प ९८१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते भएका चालक बराललाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो। उनको उपचारका क्रममा आइतबार दिउँसो करिब ४ बजे मृत्यु भएको प्रहरी निरीक्षक गिरीले बताए। मोटरसाइकल प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको छ।

२०८० फाल्गुन १३, आईतवार प्रकाशित 1 Minute 356 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।