२०८३ जेष्ठ २९ शुक्रबार

न्यायाधीश थपलिया र निरौला बर्खास्त

काठमाडौँ – दुई जना न्यायाधीश बर्खास्तीमा परेका छन्।

न्याय परिषद्को सिफारिसमा आइतबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई पदमुक्त गरेका हुन्।

उनीहरुलाई न्यायाधीशको आचार विपरीत कार्य गरेको ठहर गर्दै आइतबार नै न्याय परिषदले पदमुक्त गर्न सिफारिस गरेको थियो। सिफारिस लगत्तै निर्णय कार्यान्वयन भएको सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए।

थपलियाले बिचौलियाको रुपमा काम गरेको भन्दै परिषदमा उजुरी परेको थियो। उजुरीमाथि छानबिन हुँदा दोषी ठहरिएपछि कारबाही गरिएको हो।

त्यस्तै परिषद्ले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई सचेत गराउने निर्णय गरेको छ। इच्छाराज तामाङको मुद्दामा घुस डिल गरेको अडियो सार्वजनिक भएपछि उनीमाथि छानबिन गरिएको थियो। कोइरालालई महोत्तरी जिल्ला अदालत सरुवा गरिएको सर्वोच्चले जनाएको छ।

२०८० फाल्गुन १३, आईतवार प्रकाशित 0 Minutes 343 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।