झापा- झापाको दोमुखामा पिकनिक खाएर फर्किँदै गरेको औषधि व्यवसायी सवार बस दुर्घटना हुँदा करिब एक दर्जन यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापाको शिवसताक्षीको माइधारमा बस दुर्घटना हुँदा घाइतेहरूको झापा र मोरङका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

केही घाइतेहरूको उलार्बारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको छ । औषधि व्यवसायीहरू पिकनिक खाएर फर्किँदै गरेको को १ ख ६३०५ नम्बर बस दुर्घटना भएको प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।
बस पल्टिएर राजमार्गदेखि तल खसेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



