इलाम । ३५ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्योदय नगरपालिका–१ का ३३ वर्षीय पेम्बा शेर्पा पक्राउ परेका छन् ।
उनलाई प्रहरीले बुधवार दिउँसो पक्राउ गरेको हो । शेर्पाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय मानेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । रातोपाटी
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



