२०८३ जेष्ठ २९ शुक्रबार

महायज्ञ उद्घाटनका लागि राष्ट्रपति पौडेल अछाम जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कोटिहोम महायज्ञको उद्घाटनका लागि आज अछाम जादै छन् । १ सय ४४ वर्षपछि हुन लागेको कोटिहोम महायज्ञको उद्घाटनका लागि राष्ट्रपति पौडेल अछाम जान लागेका हुन् ।

साँफेबगर नगरपालिका–१ स्थित वैद्यनाथ धाममा महायज्ञ सुरु हुदैछ । वैद्यनाथ धाममा हरेक ६ वर्षमा लक्ष होम सहितको अर्धकुम्भ मेला लाग्दै आएको छ ।

त्यस्तै वैद्यनाथ धाममा १२ वर्षको अन्तरमा महालक्ष्यहोम सहितको महाकुम्भ मेला र १ सय ४४ वर्षको अन्तरमा कोटिहोम महायज्ञसहितको महाकुम्भ मेला लाग्ने गरेको छ । उद्घाटनका लागि राष्ट्रपति पौडेल जाने भएकोले जिल्लाको शान्ति सुरक्षा कडा परिएको छ ।

२०८० फाल्गुन १०, बिहीबार प्रकाशित 0 Minutes 304 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।