२०८२ बैशाख २७ शनिबार

कोशी र मधेस प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौ । मुलुकभर आज आंशिक देखि समान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थान र देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ । आज राती कोशी, मधेश र बागमती प्रदेश लगायत केही पहाडी भेगमा आंशिक सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हिमपातको सम्भावना छ ।

२०८० फाल्गुन १०, बिहीबार प्रकाशित 0 Minutes 178 Views

ताजा समाचार