२०८२ असार १८ बुधबार

प्रजातन्त्र दिवस समारोहस्थलमा फोटोपत्रकारलाई प्रवेश निषेध !

प्रजातन्त्र दिवस समारोहस्थलमा प्रवेश नदिइएपछि फोटोपत्रकारहरूले विरोधस्वपरूप ‘क्यामेरा डाउन’ गरेका छन्।

टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहको समाचार तथा तस्वीर संकलनका लागि गएका करीब २० जना फोटोपत्रकारलाई प्रवेश नदिइएपछि उनीहरूले सांकेतिक विरोध जनाएका हुन्।

सेतोपाटी, देशसञ्चार, अनलाइनखबर, हिमालखबर लगायत सञ्चारगृहका फोटोपत्रकारहरूलाई प्रवेश दिइएको छैन। सूचना विभागको परिचय पत्रका आधारमा समेत पत्रकारहरूलाई समारोहस्थलमा प्रवेश दिइएको छैन।

२०८० फाल्गुन ७, सोमबार प्रकाशित 0 Minutes 233 Views

ताजा समाचार