दुई लाख रुपैयाँ चोरी गरी फरार भएका पिकअपका सहचालक पक्राउ परेका छन् । बिहीबार बिहान ८ः५० बजेको समयमा मेचीनगर-९ लिलाबस्तीमा प्र-१–०१–००१ च ९८०५ नम्बरको बोलेरो पिकअप गाडीमा सहचालक काम गर्ने इलाम –९ गोलाबस्ती बस्ने अन्दाजी २२ वर्षीय पासाङ तामाङ बम्जनले गाडीमा राखेको नगद २ लाख चोरी गरी फरार भएका थिए । गाडी धनी इलाम सूर्योदय ८ बस्ने सुरेन जोशीले त्यसबारे इलाका प्रहरी कार्यालय धुलाबारीमा जानकारी गराएका थिए ।
खोजी गर्नेक्रममा बिहीबार साँझ ६ बजेको समयमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले काठमाडौँ जाँदै गरेको अवस्थामा बम्जनलाई पक्राउ गरेको हो । दमक ९ पश्चिम बस स्ट्यान्डबाट ६५ हजार १५ नेपाली रुपैयाँ र भारु ८ हजार ,४७० सहित उनलाई फेला पारी इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



