राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष रवि लामिछानेलाई दिइएको छ।
रास्वपाको सोमबार बसेको संसदीय दलको बैठकले विज्ञताका आधारमा मन्त्री छनोट गर्न पार्टी अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई जिम्मा दिने निर्णय भएको पार्टी केन्द्रीय सदस्य तथा सांसद सन्तोष परियारले जानकारी दिए।

सांसद परियारका अनुसार सत्ता साझेदार दलहरूसँग छलफल गर्ने जिम्मा अध्यक्ष लामिछानेलाई दिएको कारण पनि मन्त्री छान्ने अधिकार पनि उनलाई नै दिइएको हो।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



