२०८३ जेष्ठ २९ शुक्रबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा महासमिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

आउँदो सोमवारदेखि सुरु हुने महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदन यो बैठकबाट पारित हुनेछ । आजको बैठकले उपसभापति पूर्णबहादुर खड्काले तयार गरेको ५६ पृष्ठको नीति प्रतिवेदन पारित गर्ने जनाइएको छ ।

बैठकले महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्व प्रकाश शर्माले तयार गरेको समसामयिक राजनीतिक प्रतिवेदन पनि पारित गर्नेछ ।
महासमिति बैठक फागुन ७ देखि १० सम्म गोदावरीमा हुँदैछ । अनलाइन खबर

२०८० फाल्गुन ३, बिहीबार प्रकाशित 0 Minutes 270 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।