२०८३ जेष्ठ २९ शुक्रबार

ओमसाई हस्पिटलमा डियुटी गर्दागर्दै सेक्युरिटी गार्ड इन्चार्जको मृत्यु

भद्रपुर । भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा डियुटी गर्दागर्दै सेक्युरिटी गार्ड इन्चार्जको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका-६ निवासी कुमार बोगटीको मृत्यु भएको हो । उनको सोमबार बिहान ५:१५ बजे हृदयाघातको कारण मृत्यु भएको हस्पिटलले जनाएको छ । हस्पिटलको आकस्मिक कक्ष नजिकैको मूल गेटमा डियुटीमा रहेका बेला बोगटीलाई हृदयाघात भएको थियो ।

उनलाई उपचारका लागि आकस्मिक कक्ष पुर्‍याउन नपाउँदै मृत्यु भएको जनाइएको छ । उनी हस्पिटलमा १४ वर्ष देखि सेक्युरिटी इन्चार्ज पदमा कार्यरत थिए । हस्पिटलले कर्तव्य निष्ठ र मिलनसार कर्मचारी गुमाएको जनाएको छ । उनको श्रीमती र दुई छोरी रहेका छन् ।

२०८० माघ २९, सोमबार प्रकाशित 1 Minute 438 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।