अर्जुनधारा । वैदेशिक रोजगारीका लागि दुबई गएका झापाका एक व्यक्तिको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका- ११ का ४७ वर्षीय प्रदीप राईको मृत्यु भएको हो ।
शनिबार साँझ खाना खाएर सुतेका राईको नेपाली समय अनुसार राति १० बजे मृत्यु भएको उनका आफन्त सन्तकुमार राईले बताए । मृतक राईको शव नेपाल ल्याउने पहल भइरहेको छ । राईका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



