२०८३ जेष्ठ २१ बिहीबार

पोखरा जहाज दुर्घटना: फेला परेनन् तीन जना, भोलि फेरि खोजिने

पोखरा । पोखरा जहाज दुर्घटनामा खोजी तथा उद्धारको काम मंगलबार बिहानका लागि स्थगित भएको छ ।

सोमबार साँझसम्म ६९ जनाको शव फेला परेको छ। ती शवलाई गण्डकी अस्पतालमा राखिएको छ।

अन्य तीन जनाको भने शव फेला पर्न सकेको छैन। केही शरीरका भागहरू फेला परेपनि एउटै व्यक्तिका हुन् वा फरक व्यक्तिका हुन् भन्ने नखुलेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

आइतबार बिहान साढे १० बजे काठमाडौंबाट उडेको जहाज पोखरामा करिब ११ बजे दुर्घटनामा परेको थियो।

पोखरा महानगरपालिका-१५ स्थित सेतीको खोँचमा जहाज दुर्घटनामा परेको हो। जहाजमा चार चालक दलसहित ७२ जना सवार थिए।

फेला परेका शवको पनि सनाखत गर्ने काम भइरहेको छ। यस्तै विदेशी नागरिक, काठमाडौंमा बुझ्ने, पहिचान नखुलेको र चालक दलको शव काठमाडौं ल्याउने तयारी छ। सेतोपाटी

२०७९ माघ २, सोमबार प्रकाशित 1 Minute 373 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।