२०८१ बैशाख १५ शनिबार

झापामा दुई भारतीयसहित तीन चोर पक्राउ

झापा गाउँपालिकामा चोरी गरेको आशङ्कामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा झापा गाउँपालिका १ लसुना बस्ने शनिदेव हस्दा र दुईजना भारतीय नागरिक रहेका छन् । हस्दालाई इलाका प्रहरी कार्यालयको टोलीले घरैबाट पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । चोरीको आशङ्कामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।

झापा गाउँपालिकामा दुले चोरको बिगबिगी बढेको छ । फेरि एकैरातमा एउटै टोलका २ वटा घरमा चोरी भएको छ । वडा नं १ लसुनगंजमा शनिवार राति आफ्नो घरबाट साढे ५ तोला सुन , ४५ तोला चाँदी र केही नगद चोरी भएको स्थानीय प्रभुनारायण यादवले जानकारी दिएका छन् । त्यसैगरी त्यही टोलमा बस्ने कमल यादवको घरबाट एउटा एलईडी टिभी र मिक्स्चर मेशिन चोरी भएको छ । यसअघि दुले चोरहरूले झापा गाउँपालिकामा एक सातामा १० भन्दा बढी घरमा चोरी गरेका थिए ।

२०८० माघ २८, आईतवार प्रकाशित 0 Minutes 127 Views

ताजा समाचार