२०८३ जेष्ठ २९ शुक्रबार

सरकारी जग्गा हडप्ने र सहकारी ठगीका मतियारलाई कारबाही गर्नुपर्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले जतिसुकै शक्तिशाली भए पनि सरकारी जग्गा हडप्ने र सहकारी ठगीका मतियारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा पार्टीका तर्फबाट धारणा राख्दै कांग्रेस महामन्त्रीसमेत रहेका उनले सरकारी जग्गा हडप्ने र सहकारी ठगीका मतियारलाई कानूनी दायरामा ल्याउनुपर्ने बताए । थापाले ठगीको धन्दा चलाउनेलाई पनि कारबाही गरिनुपर्ने बताए ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा व्यक्तिका नाममा ल्याएको आरोपमा व्यापारी अरूणकुमार चौधरीसहितलाई प्रहरीले पक्राउ गरेको थियो ।

आफ्ना भाइलाई पक्राउ गरेको भन्दै कांग्रेसकै सांसद विनोद चौधरीले पार्टी संसदीय दल बैठकमा ‘राज्यले आतंक मच्चाएको र प्रतिशोध साँधेको’ बताएका थिए । सेतोपाटी

 

२०८० माघ २४, बुधबार प्रकाशित 1 Minute 271 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।