२०८३ जेष्ठ २९ शुक्रबार

देशभरकै सहकारीलाई छानबिनको दायरामा ल्याइयोस्ः सांसद मोदी

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले देशभरकै सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउन माग गरेका छन् ।

बुधवार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् । जनताले खाइनखाइ आफ्नो श्रम र पसिनाबाट आर्जित गरेको पैसा सहकारीमा बचत गरेको तर, त्यस्ता लाखौं जनताको पैसा दुरुपयोग भइराखेको उल्लेख गर्दै उनले छानबिनको माग राखे ।

‘बचत गरेको पैसा न जनताले फिर्ता पाएका छन् न सम्बन्धित मान्छेहरुले कारबाही भोगेका छन् । म सरकारलाई विशेष अनुरोध गर्न चाहन्छु– देशैभरका सहकारीलाई छानबिनको दायरामा ल्याउनुपर्छ’, सांसद मोदीले भने ।

सहकारीलाई छानबिनमा ल्याएर कमिकमजोरी भए नियामक संस्थाले कारबाही गरी जनताको पैसा फिर्ता गराउनुपर्ने उनको भनाइ छ । अनलाइन खबर

२०८० माघ २४, बुधबार प्रकाशित 0 Minutes 259 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।