२०८३ जेष्ठ २९ शुक्रबार

बुढाथोकीको निधनमा कांग्रेसले तीन दिन झण्डा झुकाउने

काठमाडौं । नेपाली कांग्रेसले पार्टी कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने भएको छ ।

पूर्वमन्त्री एवं केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा आजदेखि २५ माघसम्म पार्टीका कार्यालयको झण्डा आधा झुकाउने भएको हो ।

आज बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ ।

बुढाथोकीको निधनमा समुदायमा कांग्रेस अभियान स्थगित गरिएको छ । महामन्त्री गगन थापाले गरिरहेको संवाद यात्रा पनि रोकेका छन् । २४ माघमा केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने कांग्रेसले निर्णय गरेको छ ।

बुढाथोकीको निधन भएको १३ औं दिनमा झापामा शोक सभा आयोजना गर्ने कांग्रेसले निर्णय गरेको छ । ७९ वर्षीय बुढाथोकीको गएराति विराटनगरस्थित विराट अस्पतालमा निधन भएको थियो । अनलाइन खबर

२०८० माघ २३, मंगलवार प्रकाशित 0 Minutes 313 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।