२०८३ जेष्ठ २९ शुक्रबार

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध पनि जाहेरी

काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेविरुद्ध पनि जाहेरी परेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा लामिछानेसहित थप १८ जनाविरुद्ध पुरक जाहेरी परेको हो ।

सूर्यदर्शन सहकारी पीडित समूहले पुरक जाहेरी दिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

यसअघि सहकारी ठगी प्रकरणमा ग्यालेक्सी टेलिभिजनका सञ्चालक तथा तत्कालीन अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) सहित १९ जनाविरुद्ध जाहेरी परेको थियो ।

जीबी भने हाल फरार छन् । उनीविरुद्ध प्रहरीले यसअघि नै डिफ्युजन नोटिस जारी गरिसकेको छ ।

लामिछानेसहित जाहेरी परेकाहरूविरुद्ध प्रहरीले अनुसन्धान गर्ने बताइएको छ । ठगी प्रकरणमा संलग्नता देखिए जिल्ला सरकारी वलिक कार्यालयमार्फत फेरि पुरक अभियोजन दर्ता हुनेछ । बाह्रखरी

२०८० माघ २२, सोमबार प्रकाशित 0 Minutes 345 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।