२०८१ बैशाख १७ सोमबार

माई मेलाबाट घर फर्किँदै गरेका केशवको बसको ठक्करबाट मृत्यु

कनकाई । कनकाई माई मेला पुगेर घर फर्किँदै गरेका एक जनाको बसको ठक्करबाट मृत्यु भएको छ । आइतबार साँझ ६:२० बजे कनकाई नगरपालिका- ३ स्थित पवित्रा पेट्रोल पम्पनजिक बसले ठक्कर दिँदा पैदल यात्री कनकाई ७ का ४४ वर्षीय केशव नेपालको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ख ३४२० नम्बरको बसले नेपाललाई ठक्कर दिएको थियो । घाइते नेपाललाई उपचारका लागि बिर्तामोडको बीएण्डसी हस्पिटल ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । दुर्घटनापछि बस र बस चालकलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्स्पेक्टर अशोक जवेगुले जानकारी दिए ।

२०७९ माघ २, सोमबार प्रकाशित 1 Minute 223 Views

ताजा समाचार