काँकरभिट्टाबाट ३३ वटा आइफोन बरामद, कार प्रयोग गरी मोबाइल तस्करी

काँकरभिट्टा । झापाको काँकरभिट्टामा एउटा कारसहित ३३ वटा मोबाइल बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म काँकरभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोली मेचीनगर नगरपालिका-६ स्थित भन्सार कार्यालयको यात्रु शाखाको उत्तर गेटमा कारभित्र लुकाइछिपाई नेपाल भित्राउन खोजिएको ३३ वटा आइफोन ब्रान्डका मोबाइल बरामद गरेको हो ।

भारतबाट नेपाल आउँदै गरेको बागमती प्रदेश ०१-०२६ च ९०३३ नम्बरको कारलाई विशेष सूचनाको आधारमा भन्सार अगाडि रोकी सशस्त्र प्रहरीले चेकजाँच गरेका थिए । चेकजाँच गर्दा मोबाइल बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । श्रेष्ठ मोबाइल केयर भन्ने पसलको नाम कारमा उल्लेख गरिएको छ ।  सो नाकाबाट मोबाइलको तस्करी गर्ने समूहले पटकै पिच्छे गाडी फेर्दे मोबाइल नेपाल भित्राइरहेको सूचना सशस्त्र प्रहरीले पाएका थिए ।

सोही सूचनाको आधारमा यस पटक कार फेला परेको सशस्त्र स्रोतले जनाएको छ । बरामद गरिएको मोबाइल १७ लाख २५ हजार र कार २५ लाख गरी जम्मा ४२ लाख २५ हजार मूल्याङ्कन गरी दुवै सामान मेची भन्सार कार्यालय बुझाइसकेको छ ।

२०८० माघ २१, आईतवार प्रकाशित 1 Minute 1332 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

https://www.cotillon-de-fete.fr/