
२१ माघ, काठमाडौं । सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४लाई संशोधन गर्न तयारी सुरु गरेको छ । करिब साढे ६ वर्षको अभ्यासका क्रममा ऐनमा देखिएका अस्पष्टता हटाउने र कतिपय छुटेका विषयहरुलाई समेट्ने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ऐनमा संशोधनको लागि सुझाव लिन थालेको हो ।
मन्त्रालयका सहसचिव सुमन दाहाल स्थानीय सरकारलाई बलियो, अझ प्रभावशाली ढंगले काम गर्न स्पष्ट रुपमा कार्यक्षेत्र र अधिकार दिन ऐनको संशोधनबारे छलफल थालिएको बताउँछन् । अहिले प्रारम्भिक रुपमा अवधारणा मात्रै बनेको भन्दै उनले सबै सरोकारवाला पक्षसँग छलफल र सुझाव लिएर ऐन संशोधनको प्रक्रियामा अघि बढ्ने बताए ।

२०८० माघ २१, आईतवार प्रकाशित
0 Minutes
166 Views